समुदायलाई मधुमेहबारे आवश्यक ज्ञान

हिन्स सधैं हङकङेली नेपाली समुदायको हित र स्वास्थ्यप्रति समर्पित रहँदै आएको छ। स्वास्थ्य नै जीवनको अमूल्य धन हो भन्ने विश्वाससहित, यसपटक मधुमेह जस्तो दीर्घकालीन रोगबारे जनचेतना फैलाउने उद्देश्यले एक विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको छ।
मधुमेह देख्दा सामान्य लागे पनि यसको असर गहिरो र दीर्घकालीन हुन्छ। यसले मानिसलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि एकाकी बनाउने खतरा बोकेको हुन्छ। त्यसैले यस रोगको रोकथाम, प्रारम्भिक लक्षण पहिचान, र सुरक्षित जीवनशैली अपनाउने उपायबारे समुदायलाई सचेत गराउनु अत्यावश्यक छ।
यसै सन्दर्भमा, हिन्सले एक महिनासम्म चल्ने स्वास्थ्य कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमलाई प्रभावकारी बनाउन हङकङ विश्वविद्यालयको Li Ka Shing Faculty of Medicine (HKU Med) तथा United Christian Nethersole Community Health Service सँग सहकार्य गरिएको छ।

यो पहलले समुदायलाई मधुमेहबारे आवश्यक ज्ञान, रोकथामका उपाय, र जीवनशैली सुधारका मार्गदर्शन प्रदान गर्नेछ। हिन्सको विश्वास छ; साझा प्रयास र सचेत जीवनशैलीमार्फत हामी सबैले स्वस्थ र सशक्त भविष्य निर्माण गर्न सक्छौं।
Comments are closed.
