advertisement

हङकङमा मुना मदन

हङकङमा मुना मदन

२७ डिसेम्बर २०१६, हङकङ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित खण्डकाव्य मुना मदनमा तयार परिएको गीति नाटक साँस्कृतिक संस्थानका कलाकारहरूले पहिलो पल्ट नेपाल बाहिर हङकङमा मञ्चन गरेका छन् । कार्यक्रमलाई पूर्व मन्त्री गोपालमान श्रेष्ठ, साँस्कृतिक सस्थानका अध्यक्ष उधोग राई तथा हङकङ स्थित बिशिष्ट व्यक्तित्वहरूले रिबन काटी औपचारिकरुपमा उद्धघाटन गर्नु भएका थियो । हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयोजनमा याउमातेई स्थित हेनरी जी लङ कम्युनिटी हलमा २५ र २७ डिसेम्बर गरि २ पटक प्रदर्शन गरिएको हो । साँस्कृतिक संस्थानमा अध्यक्ष उधोग राईको नेतृत्वमा १२ सदसीय कलाकार टोली गत २२ र २४ तारिख गरि हङकङ पुगेका थिए । टोलीले मुना मदन नाटक मञ्चन संगै तमु समाज हङकङले आयोजना गरिएको तमु ल्होसारमा पनि बिशेष गरि गुरुङ जातिमा प्रचलित नृत्यहरू कौडा र सालै जो प्रदर्शन गरेका थिए भने २७ गते नाटक मञ्चन अगाडी नेपाली कला र संस्कृतिलाई फैलाउने उद्देश्यले मारूनी, च्याङ्ब्रुङ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हिन्सद्वारा संचालित नेपाली नृत्य कक्षामा प्रशिक्षण लिईरहेका बालबालिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । “धेरै पछि नेपाली कार्यक्रममा गएको जस्तो लाग्यो । नाटकले मन छोयो, झण्डै भक्कानो नै फुटेको”, नाटक पश्चात प्रतिक्रिया दिदैं जास्मिन गुरुङ बताउँछिन् । “नाटक मन छुने खालको छ । संवादमा जादू छ । जति हेर्यो उती हेर्न मान लाग्ने”, कार्यक्रममा आँखा पुछ्दै अर्की दर्शक मिना लिम्बु बताउँनु हुन्छ । नाटक हेरिरहँदा आँशु पुछ्नेहरूको संख्या कार्यक्रमहरूको बाढि आएको बखत पनि उल्लेखनीय दर्शकहरुले नेपाल कला र साहित्यलाई माया गरेर आएका थिए ।

विश्वको शहरमा चर्चित हङकङ शहरमा नेपाली कला र साहित्यलाई बढावा दिने खाले कार्यक्रम गर्न पाउनु नेपाली भएर गर्व गर्ने बिषय रहेको कार्यक्रम संयोजक बिनय शाह बताउँछन् । कार्यक्रम नाफाको लागि होईन नेपाली भएर नेपालको मायामा स्वविवेकले आयोजक सदस्य बनेको हङकङ मुना मदन प्रदर्शन टोलीका सदस्यहरू दुर्गा गुरुङ, अधिराज राई, नरेन्द्रराज गुरुङ, टिका कोयी राई, मिलन गुरुङ, शुवास चाम्लिङ, चन्द्रज्योति आलेमगर, कोमल गुरुङ, कृष्णराज लावती, बसन्त श्रीनेत, चेली वनेम चाम्स, मञ्जु पुन, बिनोद मल्ल र मञ्जु पुन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *