हङकङ एकिकृत नेपाली समाज (हिन्स)को अध्यक्ष पदमा पुनः बिनय शाह

हङकङ, डिसेम्बर १४ – हङकङ एकिकृत नेपाली समाज (हिन्स)को पाँचौं वार्षिक साधारण सभा आज भव्य रूपमा सम्पन्न भयो। सभाले सर्वसम्मत निर्णय गर्दै संस्थाको बोर्ड अफ डाइरेक्टरको अध्यक्ष पदमा पुनः बिनय शाहलाई जिम्मेवारी सुम्पिएको छ।
श्री शाह हिन्सको स्थापनाकालदेखि नै निरन्तर सक्रिय रहँदै आएका छन्। दोस्रो वार्षिक साधारण सभाबाट पनि अध्यक्ष पदमा निर्वाचित भइसकेका उनले संस्थालाई एकताबद्ध र सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याएका छन्।
सभामा उपस्थित सदस्यहरूले शाहको नेतृत्वमा हिन्सले अझै व्यापक कार्यक्रमहरू ल्याउने विश्वास व्यक्त गरे। नेपाली समाजलाई हङकङमा एकताबद्ध गर्दै सांस्कृतिक, सामाजिक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तर अघि बढाउने संकल्पसहित हिन्सले आफ्नो बाईसौं वर्षको यात्रा सुरु गरेको छ ।
Comments are closed.
