Binay Shah Re‑Elected as Chairman, Society Embarks on Its 22nd Year
Hong Kong – The Hong Kong Integrated Nepali Society (HINS) successfully held its Fifth Annual General Meeting today in grand fashion. In a unanimous decision, the assembly entrusted Mr. Binay Shah once again with the responsibility of serving as Chairman of the Board of Directors.

Mr. Shah has been actively involved with HINS since its establishment. Previously elected as Chairman during the Second Annual General Meeting, he has made remarkable contributions in uniting and strengthening the society.
Members present at the meeting expressed confidence that, under Mr. Shah’s leadership, HINS will continue to introduce broader programs. With a renewed commitment to uniting the Nepali community in Hong Kong and advancing cultural, social, and educational activities, HINS has now embarked on its 22nd year of service.
Statement from the Assembly:
“Under the leadership of Mr. Shah, we believe HINS will further empower the Nepali community. In the coming years, the society will continue to promote cultural and social initiatives with even greater impact.”
हिन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
बिनय शाह पुनः अध्यक्ष पदमा निर्वाचित, संस्थाले बाईसौं वर्षको यात्रा सुरु
हङकङ – हङकङ एकीकृत नेपाली समाज (हिन्स)को पाँचौं वार्षिक साधारण सभा आज भव्य रूपमा सम्पन्न भएको छ। सभाले सर्वसम्मत निर्णय गर्दै संस्थाको बोर्ड अफ डाइरेक्टरको अध्यक्ष पदमा पुनः श्री बिनय शाहलाई जिम्मेवारी सुम्पिएको छ।
श्री शाह हिन्सको स्थापनाकालदेखि नै निरन्तर सक्रिय रहँदै आएका छन्। दोस्रो वार्षिक साधारण सभाबाट पनि अध्यक्ष पदमा निर्वाचित भइसकेका उनले संस्थालाई एकताबद्ध र सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याएका छन्।
सभामा उपस्थित सदस्यहरूले शाहको नेतृत्वमा हिन्सले अझ व्यापक कार्यक्रमहरू ल्याउने विश्वास व्यक्त गरे। नेपाली समाजलाई हङकङमा एकताबद्ध गर्दै सांस्कृतिक, सामाजिक तथा शैक्षिक गतिविधिहरूलाई निरन्तर अघि बढाउने संकल्पसहित हिन्सले आफ्नो बाईसौं वर्षको यात्रा सुरु गरेको छ।
सभामा व्यक्त गरिएको धारणा:
“हिन्सको नेतृत्वमा हामीले नेपाली समुदायलाई अझ सशक्त बनाउन सक्नेछौं। आगामी वर्षहरूमा संस्थाले सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई अझै प्रभावकारी रूपमा अघि बढाउनेछ।”