advertisement

आगलागी पिडितहरूका लागि १ लाख ५० हजार सहयोग

आगलागी पिडितहरूका लागि १ लाख ५० हजार सहयोग

२७ डिसेम्बर, हङकङ । हङकङमा रहेका नेपालीहरूको हितमा बिभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको हङकङ एकिकृत नेपाली समाज (हिन्स)ले गत नोवेम्बर १५ तारिकको साँझ जोर्डन अबश्थित क्यान्टोन रोडमा रहेको जिरे खुर्सानी चमेना गृहमा भएको आगलागिबाट निधन र घाईते भएकाहरूलाई हङकङ डलर १ लाख ५० हजार आर्थिक सहयोग बितरण गरेको छ । स्थानीय नेपाली समाजबाट संकलित सूचनालाई हङकङ सरकारको गृह मामिला बिभाग र हङकङ स्थित नेपाली महाबाणिज्यदूताबासले उपलब्ध गराएको नामावली संग मिलान गरि पिडितहरूको नामावली तयार गरिएको थियो । निधन भएका र अस्पतालमा उपचार्थ रहेकाहरूका आफन्तहरूलाई याउचिमोङ डिष्ट्रिक काउन्सिलर श्री लेज्ली चान र नलिलिया चुईको उपश्थितिमा हिन्स कार्यालयमा सहयोग रकम जनही हङकङ डलर ७,५०० का दरले बितरण गरिएको थियो ।

हिन्सको अनुरोधमा हिन्सका सदस्यहरू तथा हङकङमा रहेका नेपाली तथा बिदेशीहरूले राहत कोषमा सहयोग रकम प्रदान गरेका थिए । हङकङमा तवलाबादककोरुपमा ख्याति कमाएका वरिष्ठ कलाकार हरि श्रेष्ठको अगुवाईमा पिडितहरूका लागि सहयोग संकलनका लागि नेपाली तथा स्थानिय चाईनिज कलाकारहरूले साँगितिक कार्यक्रम पनि गरेका थिए ।

सोहि समय हिन्सले दोस्रो पटक हङकङेली कम्युनिटीका १०७ जनालाई निशुल्क सर्जिकल मास्क पनि बितरण गरेको थियो । हिन्सले तोकेको मोबाईल नम्बरमा मेसेज गरेर र वेव फोरम मार्फत नाम दर्ता गर्नेहरूलाई प्रतिब्यक्ति २० वटा मास्क उपलब्ध गराईएको थियो ।

Comments are closed.